• १२ असोज २०८१, शनिबार

विजय र समीक्षालाई स्केटबोर्ड उपाधि

blog

उपाधिसहित विजय लिम्बु र समिक्षा राई ।

काठमाडौं, असार १० गते । छैटौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिताको उपाधि विजय लिम्बु र समीक्षा राईले जित्नुभएको छ ।  फ्रिस्टायल बेस्ट रन स्पर्धाको पुरुषतर्फ विजय रमहिलामा समीक्षा च्याम्पियन बन्नुभएको हो । 

नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ वसन्त राई दोस्रो तथा गजेन्द्र वर्देबा तेस्रो हुनुभयो । महिलातर्फ स्वाति श्रेष्ठ दोस्रो तथा अर्लिन लामा तेस्रो बन्नुभयो । पुरुष र महिला दुवैतर्फ शीर्ष तीनमा रहनेले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर र नाथन कलेज रविभवनमा दुई दिन चलेको प्रतियोगितामा पुरुषमा ५० र महिलामा ४० गरी ९० खेलाडीको सहभागिता रहेको थियो । काठमाडौंमा स्केटबोर्डको राष्ट्रिय प्रतियोगिता भएको तेस्रो पटक हो । अन्य तीन संस्करण पोखरामा भएको थियो ।