तिलाचन पाण्डे
तम्घास, असार १० गते । गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ८ फल्लेनी निवासी अन्दाजी ४० वर्षकी विष्णु विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नवीन किशोर प्रधानले जानकारी दिनुभयो ।
गएराति २ बजे घरको आँगनमा निस्केको बेलामा चट्याङ लागेर विक घाइते भएकी थिइन् । उनलाई उपचारको लागि स्वास्थ्य संस्थामा ल्याउने क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक प्रधानले बताउनुभयो ।
शवलाई पोस्ट्मार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको र पोस्टमार्टमपछि शवलाई आफन्तको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।