• १३ मंसिर २०८१, बिहिबार

दुर्घटनामा मृत्यु भएका परिवारलाई गाउँपालिकाको सहयोग

blog

अमरराज नहर्की

तनहुँ, असार ७ गते । तनहुँको आँबुखैरेनी गाउँपालिकाले दुर्घटनामा निधन भएका दुई परिवारलाई राहत प्रदान गरेको छ । गत वैशाख २० गते पृथ्वीराज मार्गमा पर्ने बन्दीपुर गाउँपालिका–५ आँधी खोलामा ट्रकको ठक्करबाट मृत्यु भएकाका परिवारलाई प्रदान गरिएको हो ।

सो दुर्घटनामा परि आँबुखैरेनी गाउँपालिका–१ का ६९ बर्षीय सनबहादुर भुजेल र आँबु–४ का १२ बर्षीय आयुष भुजेलको मृत्यु भएको थियो । मृतक परिवारलाई गाउँपालिकाका अध्यक्ष शुक्र चुमान र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले घरमै पुगेर संयुक्त रूपमा मृतकका परिवारलाई रु।एक लाख रुपियाँ चेक बुधवार हस्तान्तरण गर्नु भएको हो । आँधी खोलामा ट्रक दुर्घटना भई घरमा ठोक्किँदा तीन जनाको मृत्यु हुनुका साथै अन्य ५ जना घाइते भएका थिए । डुम्रेबाट मुग्लिङ जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो ।



राहत रकम प्रदान गर्दै गाउँपालिकाका अध्यक्ष शुक्र चुमान ।  तस्बिर: गोरखापत्र