• ८ असार २०८१, शनिबार

रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगल विजयी

blog

आइसल्यान्डविरुद्ध गोल गर्दै क्रिस्टियानो रोनाल्डो । तस्बिर : एएफपी

काठमाडौं, असार ६ गते । कप्तान क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी गोल गरेसँगै पोर्चुगलले युरो कप २०२४ को छनोट खेलमा आइसल्यान्डमाथि कठिन जित निकालेको छ । मङ्गलबार राति भएको खेलमा पोर्चुगलले घरेलु टोली आइसल्यान्डलाई १–० गोलले हरायो ।

छनोट खेलमा पोर्चुगलको यो चौथो जित हो । पोर्चुगललाई जिताउन रोनाल्डोले ८९औँ मिनेटमा निर्णायक गोल गर्नुभयो । ३८ वर्षीय रोनाल्डोको यो कीर्तिमानी २००औँ खेल हो । उहाँले यही खेलमा सर्वाधिक एक सय २३औँ गोलको कीर्तिमान पनि रच्नुभयो ।

उहाँ २००औँ अन्तर्राष्ट्रिय क्याप जित्ने पहिलो पुरुष र कीर्तिमानी १२३औँ अन्तर्राष्ट्रिय गोल गर्ने एक्लो खेलाडी बन्नुभएको छ । १० खेलाडीमा समेटिएको आइसल्यान्डले खेलको अन्तिमसम्म पोर्चुगललाई टक्कर दिएपनि हार टार्न सकेन । एजेन्सी