• ९ असार २०८१, आइतबार

राष्ट्रिय स्केटबोर्ड शनिबार

blog

स्केटबोर्ड प्रतियोगिताबारे जानकारी दिँदै आयोजक ।

काठमाडौं, असार ६ गते । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घको आयोजनामा छैटौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ एक सय ५० र महिलामा ४० गरी एक सय ९० खेलाडीको सहभागिता रहने आयोजक सङ्घका अध्यक्ष अच्युत खनालले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । 

प्रतियोगिताको फाइनल खेल रविभवनस्थित नाथम कलेजमा हुनेछ । त्यसअघि शुक्रबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा खेलाडीको छनोट प्रतियोगिता हुनेछ । छनोट प्रतियोगिताबाट समान १०–१० पुरुष/महिला खेलाडी फाइनल चरणका लागि छनोट गरिने छ ।

पुरुष/महिलामा एक एक स्पर्धामा खेल हुनेछ । दुवैमा फ्रिस्टायल वेस्ट रनमा प्रतिस्पर्धा हुने सङ्घले जनाएको छ । प्रतियोगितामा पुरुष र महिला दुवै समूहमा शीर्ष तीनमा रहने खेलाडीले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपियाँ पुरस्कार पाउनेछन् । 

काठमाडौंमा राष्ट्रिय प्रतियोगिता हुने लागेको यो तेस्रो पटक हो । बाँकी तीन संस्करण पर्यटकीय नगरी पोखरामा भएको थियो । यसैबीच सङ्घले विश्व स्केट दिवसका अवसरमा बुधबार र्‍याली को आयोजना गरेको छ ।