• १२ मंसिर २०८१, बुधबार

बझाङ दुर्घटनामा मन्त्री सिंहका पत्नी र भाउजूको मृत्यु

blog

दुर्घटनाग्रस्त गाडी ।

बझाङ, असार ५ गते। बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा ५० वर्षीया अमृता सिंह र ६० वर्षीया जयादेवी सिंह रहेका छन्। अमृता सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहकी श्रीमती हुनुहुन्छ। 

रायल प्राथमिक स्वास्थ्य केन्द्र देउराका डा. अरविन्द्र अधिकारीका अनुसार दुर्घटनामा घाइते हुनुभएका मन्त्री पत्नी अमृता र भाउजू नाता पर्ने जयादेवीको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ल्याउँदा बाटोमै मृत्यु भएको हो।

“दुवै जनाको उपचारका लागि यहाँ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो”, उहाँले भन्नुभयो–“शव प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको छ।”

त्यसैगरी दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री सिंहलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमा बाँकेको नेपालगन्ज लगिएको छ। 

मन्त्री सिंहसँगै जिप चालक धर्मराज जोशी र प्रहरी सहायक हवल्दार दीपक भण्डारीलाई पनि उपचारका लागि नेपालगन्ज लगिएको डा. अधिकारीले बताउनुभयो। 

प्रदेश मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको जिप डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडमा सडकबाट झण्डै ५० मिटर तल कालङ्गा खोलामा खसेको बझाङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो। रासस  

यो पनि पढ्नुहोस

घाइते मन्त्रीलाई उपचारका लागि नेपालगञ्ज पठाइयो

सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री सवार गाडी दुर्घटना