• १२ मंसिर २०८१, बुधबार

घाइते मन्त्रीलाई उपचारका लागि नेपालगञ्ज पठाइयो

blog

मन्त्री सवार दुर्घटनाग्रस्त गाडी ।

शैलेन्द्रकुमार रोकाय

बझाङ, असार ५ गते। बझाङ दुर्घटनामा घाइते हुनुभएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित घाइते तीन जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ। 

बझाङका सहायक जिल्ला प्रमुख अधिकारी सत्यकुमार जोशीका अनुसार मन्त्री सिंहसहित घाइते तीन जनालाई थप उपचारका हेलिकप्टरमार्फत् नेपालगञ्ज पठाइएको हो। 

मन्त्री सिंह, चालक धर्मराज जोशी र मन्त्रीका पिएसओ प्रहरी सहायक हवल्दार दीपक भण्डारीलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको हो।  

डडेलधुराबाट चैनपुर आउने क्रममा कानुनमन्त्री  सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी  केदारस्युँ गाउँपालिकाको धारछडामा दुर्घटना भएको हो। गाडी सडकबाट ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो। 

दुर्घटनामा घाइते मन्त्री सिंहकी श्रीमती अमृतादेवी र भाउजू जयलक्ष्मीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। उहाँहरूको अवस्था गम्भीर रहेको छ। 

यो पनि पढ्नुहोस

सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री सवार गाडी दुर्घटना