• ९ पुस २०८१, मङ्गलबार

समाजवादी मोर्चा नेपालको घोषणा प्रक्रिया सुरु

blog

काठमाडौंको भृकुटीमण्डपमा आयोजित समाजवादी मोर्चा नेपालको घोषणा कार्यक्रम । तस्बिर : विकास द्वारे

काठमाडौं, असार ४ गते । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवादको नेपाली बाटो तय गर्ने उद्देश्यका साथ समाजवादी मोर्चा नेपालको घोषणा प्रक्रिया सुरु भएको छ ।

सोमबार राष्ट्रिय सभागृहमा आयोजित घोषणा कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत उपस्थित हुनुहुन्छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लगायतका दल मोर्चामा आबद्ध हुने छन् । नेपाली विशेषताको समाजवाद स्थापना गर्नु मोर्चाको साझा सैद्धान्तिक उद्देश्य रहेको जनाइएको छ ।

आज घोषणा हुने समाजवादी मोर्चाले विभिन्न आन्दोलनका क्तममा लगाइएका मुद्दा खारेजीका लागि पहल गर्ने छ । वित्तीय एकाधिकार तथा दलाल पुँजीवादको शोषण र हस्तक्षेपबाट मुक्त तथा सार्वजनिक, सहकारी एवम् निजी क्षेत्रको समन्वयात्मक, सहकार्यात्मक र क्रियाशील भूमिकाका आधारमा समाजवादी अर्थ–राजनीतिक व्यवस्था अवलम्बन गर्ने प्रतिबद्धतामा उल्लेख छ ।