• ६ जेठ २०८१, आइतबार

स्पेनले जित्यो नेसन्स लिग उपाधि

blog

उपाधिसहित स्पेनका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, असार ४ गते । युइएफए नेसन्स लिग फुटबलको उपाधि स्पेनले जितेको छ । जर्मनीमा आइतबार राति भएको फाइनल खेलमा क्रोएसियालाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै स्पेन च्याम्पियन बनेको हो ।

निर्धारित ९० मिनेट र अतिरिक्त समयमा समेत गोलरहित बराबरी भएपछि खेलको नतिजा टाइब्रेकरबाट निकालिएको हो । टाइब्रेकरमा स्पेनका जोसेलु, रोड्री, मिकेल मेरिनो, मार्को असेन्सियो र डानी कार्भाजलले गोल गर्नुभयो । एम्रिक लापोर्टे चुक्नुभएको थियो । 

यस्तै क्रोएसियाका निकोला भ्लासिच, मार्सेलो ब्रिजोभिच,लुका मोड्रिच र इभान पेरिसिचले गोल गर्नुभयो ।  लोभ्रो माजेर र ब्रुनो पेट्कोभिचको प्रहार विफल बनेको थियो । 

यससँगै स्पेननले ११ वर्षपछि पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेको हो । सन् २०१२ को युरोपियन च्याम्पियनसिप जितेपछि स्पेनले कुनै अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको थिएन । एजेन्सी