• १२ साउन २०८१, शनिबार

आलु खेतीबाटै लाखौँ आर्जन गर्ने रेसम खड्का

blog

उत्पादित आलुसँगै किसान खड्का, उत्पादित आलु भण्डार । तस्बिर बाबुराम शर्मा

दोलखा, जेठ ३२ गते । दोलखाको कालिन्चोक गाउँपालिका –५ लापिलाङमा जन्मनु भई हाल भीमेश्वर नगरपालिका –८ मा स्थायी बसोबास गर्नु हुने किसान रेसम खड्काले आलु खेतीबाट मात्रै वार्षिक करिब चार लाख रुपियाँ आम्दानी गर्दै आउनु भएको छ ।

बढो लगावका साथ पशुपालन र कृषि उपज उत्पादनमा जोड दिँदा आलु खेतीबाट मात्रै वार्षिक तीन लाख १६ हजार रुपियाँ आम्दानी गर्न सफल भएको उहाँले बताउनु भयो ।

उहाँका अनुसार ११ रोपनीमा लगाएको आलु खेतीबाट १५८ मुरी आलु फलेको छ । अहिले सस्तो हुँदा पनि आलु प्रतिपाथी सय रुपियाँमा बिक्छ । आलु खेतीका चाहिने प्राङगारिक मलका लागि १५ वटा उन्नत जातका गाई र सात वटा खसी बोका पालन गरिएको छ । यसबाट पनि मलका अलावा आम्दानी हुन्छ । सबै मिलाएर वार्षिक पाँच लाख रुपियाँ आम्दानी हुने गरेको छ । एकले अर्कोलाई सघाउने काम गर्नु पर्छ । 

तरकारीको माग बढेको देखेपछि जग्गा भाडामै लिएर पनि तरकारी खेती गर्ने उत्सुकता बढेको छ । किसान खडकाले भन्नु भयो, अझै कृषिप्रति लगाव बढाउने कोसिस गर्दै छु । लगानी अभावले मेरो जीवन भने कष्टकर बनेको छ । युवालाई प्रेरणा जगाउन मैले अझै कडा परिश्रम गर्नु छ । 

युवालाई उत्प्रेरणा दिन मैले दैनिकी साझा बनाउन लागेको छु । उहाँले भन्नु भयो, राजनीतिक पहुँच नपुग्दा म जस्ता युवा किसान ओझेलमा परेका छन् । ओझेलमा पर्दा अनुदान कार्यक्रमबाट पनि वञ्चित हुनु परेको छ । कृषिमा परिश्रम अनुसारको राम्रो आम्दानी पनि हुँदो रहेछ भन्ने सन्देश दिएर सिप जाँगर साझा गर्न तत्पर रहेको छु । बिदेसी नोकर हुनु भन्दा होस्टेमा हैँसे गरेर कृषिमा लागौँ विनम्र अनुरोध गर्दछु ।

किसान खडकाको पशुपालन र कृषि उपज उत्पादनप्रतिको लगावले अरू किसान पनि आकर्षित भएर आलु खेती र पशुपालनमा लागेका छन् । यस्तो माहौल तयार हुनुले बाँझा जमिन उर्वर हुन थालेका र  पशुपालन पनि फस्टाएको वडाध्यक्ष काजी बुढाथोकीले बताउनु भयो । 

Author

बाबुराम शर्मा