• २९ असोज २०८२, बुधबार

धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

blog

धनकुटा नगरपालिका–३ स्थित निगालेमा भएको बस दुर्घटना ।

कविराज घिमिरे/सन्तोष सुवेदी

हिले, असोज २९ गते। धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

विराटनगरबाट धनकुटा हुँदै जितपुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६०६ नम्बरको साइराम बस बुधबार धनकुटा नगरपालिका–३ स्थित निगालेमा दुर्घटना भएको हो। 

दुर्घटना  महालक्ष्मी नगरपालिका–७ की गङ्गा कार्की र महालक्ष्मी–९ का डिल्ली बरालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता राजन कार्कीले जानकारी दिनुभयो । 

यस्तै दुर्घटनामा  ६ जना यात्रु घाइते भएका छन् । घाइतेको जिल्ला सदरमुकामस्थित धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा धनकुटा नगरपालिका–४ की ४५ वर्षीया दुर्गामाया तिम्सिना भट्टराई, मोरङको केराबारी गाउँपालिका–९ की ६० वर्षीया देवी न्यौपाने, धनकुटाको महालक्ष्मी–९ की ७५ वर्षीया तारादेवी काफ्ले, महालक्ष्मी–८ की १७ वर्षीया खुसी लुङ्गेली, मोरङको गछिया–७ की ८ वर्षीया अङ्किता खड्‌का र महालक्ष्मी–७ की सृजना जिमी घाइते भएका छन् । 


उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।