• १२ साउन २०८१, शनिबार

अनुदानको मलमा दुरुपयोग भएको छ : मन्त्री भुसाल

blog

कृषि तथा पशुपंछी विकासमन्त्री वेदुराम भुसाल । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ २९ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसालले किसानहरूले पाउने अनुदानको मलमा दुरुपयोग भएको भन्दै सचेत रहन कृषकलाई आग्रह गर्नुभएको छ । २० औँ राष्ट्रिय धान दिवस मूल समारोह समितिले आज आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

मन्त्री भुसालले किसानका लागि दिइने मलको अनुदानमा दुरुपयोग हुनेगरेको बताउनुहुँदै अनुदानको मल गैर किसानले लिने गरेको थाहा पाएको प्रष्ट पार्नुभयो । त्यसका निम्ति स्वयं किसान पनि सचेत हुनुपर्ने उहाँको सुझाव छ । 

किसानलाई अनुदान मलको खोजी गर्न उहाँले आग्रह गर्नुभयो । मलको दुरुपयोग रोक्न मातहतका निकायलाई निर्देशन समेत उहाँले दिनुभयो । उहाँले रासायनिक मलको प्रयोग कृषिको प्रयोजनबाहेक पनि हुनेगरेको भन्दै त्यसलाई पनि रोक्नुपर्ने बताउनुभयो ।