• ११ वैशाख २०८१, मङ्गलबार

सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : वर्ष प्रशिक्षक र युवा खेलाडीको मनोनयन सार्वजनिक

blog

मनोनयनमा पर्न सफल प्रशिक्षक र खेलाडी ।

काठमाडौं, जेठ २५ गते । धनगढीमा हुने चौथो एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्डको थप दुई विधाको मनोनयन सार्वजनिक भएको छ । सुदूरपश्चिमाञ्चलएकेडेमीको मुख्य प्रायोजनमा हुने अवार्डको वर्ष प्रशिक्षक र वर्ष युवा खेलाडी विधाको मनोनयन सार्वजनिक गरिएको हो । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले बिहीबार धनगढीमा पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा पदक विजेता प्रशिक्षक खेलाडीहरूलाई समेटेर मनोनयन सार्वजनिक गरेको छ । यसअघि सुदूरपश्चिम आईकन पुरुष र सुदूरपश्चिम आईकन महिला विधाको मनोनयन सार्वजनिक गरिएको थियो । चौथो संस्करणको एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्डको सारथि अस्पताल वर्ष प्रशिक्षक विधामा कुस्तीका राजेन्द्र चन्द, भारोत्तोलनका जीवन गौतम र क्रिकेटका जगत् टमटा मनोनयनमा पर्नुभएको छ ।

धनगढीमा हुने चौथो एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्डको थप दुई विधाको मनोनयन सार्वजनिक भएको छ । सुदूरपश्चिमाञ्चल एकेडेमीको मुख्य प्रायोजनमा हुने अवार्डको वर्ष प्रशिक्षक र वर्ष युवा खेलाडी विधाको मनोनयन सार्वजनिक गरिएको हो । 

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले बिहीबार धनगढीमा पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा पदक विजेता प्रशिक्षक खेलाडीहरूलाई समेटेर मनोनयन सार्वजनिक गरेको छ । 

यसअघि सुदूरपश्चिम आईकन पुरुष र सुदूरपश्चिम आईकन महिला विधाको मनोनयन सार्वजनिक गरिएको थियो । चौथो संस्करणको एसपिए सुदूरपश्चिम  स्पोर्ट्स अवार्डको सारथि अस्पताल वर्ष प्रशिक्षक विधामा कुस्तीका राजेन्द्र चन्द, भारोत्तोलनका जीवन गौतम र क्रिकेटका जगत् टमटा मनोनयनमा पर्नुभएको छ । 

धनगढीमा हुने चौथो एसपिए सुदूरपश्चिम 


निसर्ग हस्पिटल वर्ष युवा खेलाडीको मनोनयनमा भारात्तोलनका हेमन्त पाल, क्रिकेटकी अनु कठायत र क्रिकेटकै हेमन्त धामी मनोनयनमा पर्न सफल हुनुभएको छ । 

यसअघि नै सुदूरपश्चिम आईकन पुरुष र सुदूरपश्चिम आईकन महिला विधाको मनोनयन सार्वजनिक गरिसकिएको छ । यसमा सुदूरपश्चिम आईकन पुरुष विधामा फेन्सिङका जलेन्द्र शाही, कराँतेका आनन्द कामी र फुटबलका जियारत सेख मनोनयनमा पर्नुभएको छ । सुदूरपश्चिम आईकन महिलामा कुस्तीकी मनिषा सिंह, फुटबलकी दिपा रोकाया र क्रिकेटकी कविा कुँवर मनोनयनमा हुनुहुन्छ । 

चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न आठ  विधामा अवार्ड प्रदान गरिनेछ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।  

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार रुपियाँबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । 

यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।