काठमाडौं, जेठ २४ गते । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन सद्भाव आचार्यले अग्रता लिनु भएको छ । पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा जारी च्याम्पियनसिपमा बुधबार सद्भावले सात अन्डर ६५ खेल्नुभयो ।
पहिलो दिन दुई अन्डर ७० खेल्नुभएका सद्वाभको ३६ होलको समाप्तिसँगै नौ अन्डर एक सय ३५ स्कोर छ । उहाँले पहिलो दिन शीर्षस्थानमा रहनुहएका नेपालका नम्बर एक एमेच्योर सुवास तामाङलाई काउन्टब्याकमा आधारमा पछि पार्नुभएको छ ।
सुवासको पनि समग्रमा नौ अन्डर एकसय ३५ स्कोर छ । पहिलो दिन नौ अन्डर ६३ खेल्नुभएका बुधबार सुवास बुधबार इभनपार ७२ मा रोकिनुभएको हो । यसैगरी समग्रमा ६ अन्डर एक सय ३८ स्कोर खेल्नुभएका निरज तामाङ र सुक्रबहादुर राई तेस्रो स्थानमा प्रो हुनुहुन्छ ।
दोस्रो दिन आठ अन्डर ६४ खेल्नुभएका निरजले पहिलो दिन दुई ओभर ७४ खेल्नुभएको थियो । सुक्रले पहिलो दिन एक अन्डर ७१ र दोस्रो दिन पाँच अन्डर ६७ स्कोर खेल्नुभयो । समग्रमा चौथो स्थानमा रहनुभएका भुवन नगरकोटी र तोरण शाहीको चार अन्डर एक सय ४० स्कोर छ । ३६ होलको समाप्तिसँगै समग्रमा १५ ओभर एक सय ५९ स्कोरसम्म खेल्ने २३ जना प्रो र ६ एमेच्योरगरी २९ खेलाडी थप ३६ होलको फाइनल राउन्डमा प्रवेश गरेका छन् ।
कूल १५ लाख २० हजार रुपियाँ पुरस्कार राशि रहेको च्याम्पियनसिपको विजेताले दुई लाख ७० हजार र उपविजेताले एक लाख ७० हजार रुपियाँ पुरस्कार पाउनेछ । यस्तै तेस्रो हुनेले एक लाख २० हजार, चौथोले एक लाख र पाँचौँ स्थानमा रहनेलाई ८६ हजार रुपियाँ प्रदान गरिनेछ ।
फाइनलमा स्थान बनाउने शीर्ष २१ प्रोलाई आकर्षक नगद पुरस्कार प्रदान गरिने नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन ९एनपीजीए० ले जनाएको छ । शनिबार २५ प्रो र एक सय एमेच्योरबीच छुट्टै प्रोएम स्पर्धा हुनेछ ।