• २२ असार २०८१, शनिबार

एसियाडका लागि पौडीमा चार खेलाडी छनोट

blog

एसियाड छनोटमा बनाउन सफल खेलाडी । तस्बिर : ग्राफिक आर्ट्स

काठमाडौं, जेठ २४ गते । चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुद (एसियाड) का लागि पौडीमा चार खेलाडी छनोट भएका छन् । नेपाल पौडी सङ्घले आयोजना गरेको छनोट प्रतियोगिताबाट दुई पुरुष र दुई महिला खेलाडी छनोट भएका हुन् ।

छनोट हुनेमा पुरुषतर्फ एलेक्जेण्डर गादेगार्ड शाह र नासिर याह्या हुसेन तथा महिला तर्फ गौरीका सिंह र डुवाना लामा हुनुहुन्छ । एलेक्सले ६९२ फिना अङ्क प्राप्त गर्नुभएको थियो । नासिरले ६६४ अङ्क, गौरीका र डुवानाले समान ५८६ अङ्क प्राप्त गर्नुभएको थियो ।

सङ्घले वैकल्पिक खेलाडीको रूपमा पुरुषतर्फ विकास कुमाल र महिलातर्फ अनुशिया तण्डुकार छनोट हुनुभएको छ र कुमालले ६०६ फिना अङ्क र अनुशियाले ५२८ अङ्क प्राप्त गर्नुभएको थियो ।

चार खेलाडीले जापानको फुकुओकामा असार २९ देखि हुने पेरिस ओलम्पिक २०२४ को छनोट च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गर्नुहुनेछ ।