• १६ चैत २०८०, शुक्रबार

च्याम्पियन बार्सिलोना पराजित, रियल बराबरीमा रोकियो

blog

गोल गरेपछि खुसी मनाउँदै करिम बेन्जेमा । तस्बिर : एएफपी

काठमाडौं, जेठ २२ गते । स्पेनिस ला लिगाको उपाधि जितिसकेको बार्सिलोनाले लिगको अन्तिम खेलमा हार खेपेको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिड भने बराबरीमा रोकिएको छ । 

आइतबार राति भएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग २–१ गोलले पराजित भयो । घरेलु मैदानमा रियल अन्तिम खेलमा एथ्लेटिक बिल्बाओसँग १–१ गोलको बराबरीमा रोकियो । 

बार्सिलोनालाई हराउन सेल्टा भिगोका गाब्री भिगाले ४५औं र ६५औं मिनेटमा दुई गोल गर्नुभयो । बार्सिलोनाका युवा स्टार अन्सु फातीले ७९औं मिनेटमा गोल फर्काएपनि टोलीको हार टरेन । बार्सिलोनालाइै हराएको सेल्टा भिगो रेलिगेसनबाट जोगियो । ३८ खेलबाट ४३ अङ्क बनाएको सृल्टा भिगो १३औं स्थानमा रह्यो । च्याम्पियन बार्सिलोनाले ८८ अङ्क बनायो । 

यस्तै अर्को खेलमा बिल्बाओका लागि ४९औं मिनेटमा ओइहान सानसेटले सुरुवाती गोल गर्नुभयो । रियलका लागि करिम बेन्जेमाले  ७२औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काउनुभयो ।

बेन्जेमाको यो रियलमा अन्तिम खेल हो । १४ वर्ष रियलमा बिताउनुभएका बेन्जेमाले रियल छाड्ने घोषणा गरिसक्नुभएको छ । बराबरीसँगै रियलले ३८ खेलमा ७८ अङ्क बनाएको छ । ५१ अङक बनाएको बिल्बाओले आठौं स्थानमा रहँदै लिगको अन्त्य गरेको छ । एजेन्सी