• १४ वैशाख २०८१, शुक्रबार

बाढी जोखिम क्षेत्रमा पूर्वतयारीको अभ्यास

blog

जलउत्पन्न विपद पूर्वतयारी तथा प्रतिकार्य कृत्रिम नमुना अभ्यास गरिदै । तस्बिर : ललिता साह

ललिता साह

वोदेवर्साइन (सप्तरी) जेठ २१ गते । मनसुन आगमनसँगै जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीको आयोजना जल उत्पन्न विपद् पूर्वतयारी तथा प्रतिकार्य कृत्रिम नमुना अभ्यास गरिएको छ । कोशी नदीमा शनिबार सो अभ्यास गरिएको हो । 

हरित गृह ग्यासको उच्च तापमानले बाढी पहिरोको जोखिमको अनुपातमा नेपाल विश्वको तेस्रो स्थानमा रहेको राष्ट्रिय आपत्कालीन विवरण समितिको तथ्याङ्कले देखाउँछ । यस्ता विपत्तिबाट जोगिन सबै पक्षलाई पूर्वतयार रहनुपर्छ । यसअघि सप्तरीको डाक्नेश्वरीलगायतको पालिकामा यस्तै पूर्व अभ्यासहरू गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभयो ।

जिल्लाको बाढी प्रभावित स्थानीय तहहरूसँग सहकार्य गरी बाढी सम्भावित खोला तथा नदीमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य अभ्यास गर्ने जेठ १७ गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको उहाँले बताउनुभयो ।

श्रीनम्बर २७ का बाहिनीपति सहायक रथी पूर्णबहादुर खत्रीको विशेष उपस्थितिमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र रेडक्रस सोसाइटी लगायत स्थानीयवासीको सहभागितामा सो पूर्वाभ्यास गरिएको थियो ।