दोहो-याएर मान्छेका दुःख गाउन
ओर्लिएको छ वैशाख
पोखि“दै पीडाम्य दैनन्दिनीको बिस्कुन भएर ।
हतोत्साहको सूर्य ओकल्दै हर बिहान
मान्छेलाई आपाधापीको किचाघानमा
पेल्दै पेल्दै कुन मान्छे बनाउन खोजेको हो
कुनै पनि वैशाखस“ग उत्तर भएजस्तो लाग्दैन ।
आ“सुको आफ्नै महाआख्यान बोकेर
वैशाख साक्षी बस्ने युग भोगी आएका हामी
आ“शुबिनाको वैशाख कल्पनातीतै रह्यो रह्यो
अब त कुनै नामको वैशाख
कुनै पनि घाम बोकेर
कुनै पनि बिहानी भएर
क्षितिजमा नउदाए हुन्थ्यो ।
आजित भएर मान्छे हुनेसम्म बा“च्न खोजेको– धेरै थोक होइन
दुःखको गानलाई झन्डै तान बनाएर राग अलापेको –जीवन बोझ होइन
उज्यालै पर्खन युगीन सपना आ“खामा पाल्नुपर्ने– सधै“ अ“ध्यारोकै जय गान होइन
असरल्ल जिन्दगीका सुन्दरभन्दा सुन्दरतम क्षणहरू बटुल्न– मूल्यहीन मान्छे बा“च्न खोजिएको होइन ।
परिस्थितिजन्य आखेट झेल्दैझेल्दै यहा“सम्म आइपुग्दा मान्छेले केही पायो पनि पाएन पनि
पाएकोभन्दा नपाएको फेहरिस्त लामो भएर होला
सिसिफसको सट्टा मान्छेले सापित जिन्दगी नामधारी ढुङ्गो
ठेल्नुको अभिशप्त भोगिरहेको छ,
भोगिरहने छ,भोगि नै रहने छ ।
हरेक हन्डर र ठक्करको पाठ कण्ठस्थ भएरै र त
मान्छे हुने यत्नमा तिरोहित हुन हान्निएर निस्केको छ ।
कहा“ पुग्छ दिशाहीन वैशाख आफै“ विचलित छ ।
आउ“दाखेरि सुख बोकेर आए हुन्थ्यो भन्दाभन्दै
हरेक वैशाखले दुःखको पुलिन्दा ओसारेको ओसा¥यै छ
एउटा गयो अर्को आउ“छ
दुःख गयो दुःखै आउ“छ ।
उत्साहको अभ्युदय होस् वैशाखमा
कुनै प्रकारान्तरको विस्मयाधिबोधक खडा नगरोस् वैशाखले
समयावधि सधै“ नय“ैनया“को लम्याओस् वैशाखले
झल्याकझुलुक होइन प्रकाशपुञ्ज बनोस् वैशाख
सबै बिहानमा उत्फुल्लता झुल्कोस् वैशाखको
चूडान्त दुखोत्सवमा सामेल हामीलाई
खिज्याउन कहिल्यै नआओस् कुनै वैशाख
प्रिय वैशाख खुब पाठ पढायौ प्रकारेण अतीतको धरातलमा
अब जुनै भविष्यका लागि पनि कठोर भएर उभिएको छु
कोसिसकै महायात्रामा हि“डेको हि“ड्यै गर्दा पुगिएला कि त टुङ्गोमा ?
‘गन्तव्य’ हेटौँडा–४, हुप्रचौर