मुसीकोट समाचारदाता
रुकुमपश्चिम, वैशाख २९ गते । रुकुमपश्चिमको बाँफीकोट गाउँपालिका–२ ले सार्वजनिक स्थानमा राखिएका व्यावसायिक संरचना हटाउने भएको छ । सार्वजनिक जग्गामा व्यवसाय गरी सडक साँघुरो बनाएपछि ती संरचना हटाउन लागिएको हो ।
वडाध्यक्ष प्रकाश खत्रीका अनुसार सार्वजनिक सूचना जारी गरेर २० दिनभित्र सार्वजनिक स्थानमा बनाइएका संरचना हटाउन अनुरोध गरेको छ । वडा कार्यालयको नाममा रहेका सरकारी जग्गामा सञ्चालित व्यावसायिक संरचना हटाएर पार्किङ स्थल बनाइने भएको छ । अव्यवस्थित संरचना हटाएर पार्किङ स्थल र नजिकै रहेको पीपलबोटमा प्रतीक्षालय बनाइने जनाइएको छ । तोकिएको समयमा टहरा नहटाए कारबाही गरिनेसमेत वडाले जनाएको छ ।