काठमाडौं, वैशाख २२ गते । नेपालमा २४ जना कोरोना सङ्क्रमित संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार १६२ जना सक्रिय सङ्क्रमितमध्ये २४ जना संस्थागत आइसोलेसनमा भर्ना भएका हुन् ।
संस्थागत आइसोलेसनमा भर्ना भएकामध्ये १२ जना आइसियूमा उपचाररत छन् ।
पछिल्लो २४ घण्टामा २५७ जनाको कोरोना परीक्षण गर्दा १७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
सोही समयमा ५७ जना कोरोनामुक्त भएका छन् । मन्त्रालयका अनुसार ४३ हजार ६०९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।