• १६ चैत २०८०, शुक्रबार

‘नेपाल–पाकिस्तान बुद्धिस्ट रिलेसन’ विमोचन

blog

काठमाडौँ, वैशाख १८ गते । पूर्वराजदूत हिरण्यलाल श्रेष्ठद्वारा लिखित ‘नेपाल–पाकिस्तान बुद्धिस्ट रिलेसन’ नामक पुस्तक विमोचन गरिएको छ ।

विमोचन समारोहमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले दुई मुलुकबीचको सम्बन्ध सुदृढ पार्न सांस्कृतिक सम्पदाको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हसामीले नेपाल र पाकिस्तानबीच लामो समयदेखि सांस्कृतिक सम्बन्ध रहेको बताउँदै भन्नुभयो, “श्रेष्ठको पुस्तकले यस सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग पु-याएको छ ।”

कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक डा. त्रिरत्न मानन्धर, पूर्वमन्त्री क्रिपाल श्रेष्ठ, संस्कृतिविद् गोपाल पोखरेललगायतको उपस्थिति थियो ।