• १३ मंसिर २०८१, बिहिबार

सेनाको गोरखा-जितगढी पदयात्रा

blog

पदयात्रामा सहभागी सैनिकहरु । तस्बिर : जङ्गी अड्डा

काठमाडौं, वैशाख ७ गते । नेपालको ऐतिहासिक सम्पदाहरु तथा घटनाक्रमको संरक्षण‚ सम्बर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले  चैत्र २९ गतेदेखि सुरु भएको नेपाली सेनाको गोरखा-जितगढी पदयात्रा बिहीबार सकिएको छ ।

पदयात्रा बुटवलस्थित जितगढीमा पुगेर समापन भएको हो । पदयात्रामा सहभागी टोलीलाई एक समारोहबीच भव्य स्वागत गरिएको छ ।


गोरखा दरबारबाट  सुरु भएको पदयात्रामा सहभागी फौजले नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबै भन्दा पहिले खडा भएका पाँच वटा स्थायी कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, वर्दवाणी र सबुज) तथा जितगढी लडाईमा सहभागी गुरुबक्स गुल्मको झण्डासहित पदयात्रा गरेका थिए । 


समापन समारोहमा लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, मध्यपश्चिम पृतनापति उपरथी यामप्रसाद ढकाल, २२ नं बाहिनीपति, स्थानीय जनप्रतिनिधिहरु, बुद्धिजिवी, जिल्लास्थित सरकारी निकायका प्रमुख तथा पदाधिकारीलयायतको उपस्थिती रहेको थियो ।