• ४ जेठ २०८१, शुक्रबार

नेत्र ज्योति सङ्घ महोत्तरीमा गुप्ता निर्विरोध

blog

नेपाल नेत्र ज्योति संघ महोत्तरीमा निर्वाचति पदाधिकारीहरु । तस्बिर : महेशकुमार दास

महेशकुमार दास
जलेश्वर, वैशाख ६ गते ।
 नेपाल नेत्र ज्योति सङ्घ महोत्तरीको अध्यक्षमा विजयकुमार गुप्ता निर्विरोध निर्वाचित हुनु भएको छ । सङ्घको जिल्ला कार्य समिति चयनका लागि भएको निर्वाचनबाट गुप्ताको नेतृत्वमा १३ सदस्य समितिका सबै सदस्य निर्विरोध निर्वाचित हुनुभएको हो ।

सङ्घको नव निर्वाचित अध्यक्ष गुप्ताका अनुसार कार्य समिति सदस्यहरूमा सुरेश लाल कर्ण, अमरनाथ गुप्ता , नायडु नेपाली, मोतिफुल खाँ र श्यामनन्दन प्रसाद निर्वाचित हुनुभएको छ ।

यसैगरी, प्रह्लाद साह, उमेश मिश्र, रामसिंहासन पाण्डेय, निलम शर्मा, रामेश्वर ठाकुर, रामबाबु यादव र शम्भु मण्डल सदस्यमा निर्वाचित हुनुभएको छ ।

सङ्घमा हालसम्म ९३ जना साधारण सदस्य रहेका छन् । सङ्घले जिल्लाभरि आँखा, कान सम्बन्धी रोगका उपचार तथा विभिन्न सेवा दिने कार्यमा सहयोग र समन्वय गर्ने कार्य गर्दै आएको छ । त्यस्तै, आगामी दिनमा यसलाई अझ सशक्त ढङ्गले सो कार्यलाई निरन्तरता दिँदै जाने अध्यक्ष गुप्ताले बताउनु भयो ।

महोत्तरीमा २०७२ देखि नै नेपाल नेत्र ज्योति सङ्घ सक्रिय भएर काम गर्दै आएको छ ।