• ११ मंसिर २०८१, मङ्गलबार

सात गीत सार्वजनिक

blog

काठमाडौँ, वैशाख ३ गते ।  निर्देशक निरेन श्रेष्ठले आफ्नो एउटै एल्बमको सातवटा गीत सार्वजनिक गर्नुभएको छ। शनिबार चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा वरिष्ठ कलाकर मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा अरुणको कोसेली भाग–१ को विमोचन गरिएको हो। 

हाँसेको हिमाल, बाबाआमा, छोडी गयौ, धोका दिने निष्ठुरी, युवा फर्की नेपाल आऊ, सक्दिन बिर्सन, अस्पताल जाऊ बोलको गीत एल्बममा समावेश छन्। गीतमा आनन्द कार्की, अञ्जु पन्त, रामकृष्ण ढकाल, अस्मिता धमला, रामकुमार केसीलगायतको स्वर रहेको छ भने शब्द अरुणकुमार गिरीले लेख्नुभएको हो। 

गीतमा अस्मिता धमला र सञ्जय खड्गीको सङ्गीत छ भने उत्तम केसी, शीतल केसी, विनोद श्रेष्ठ, सुजता पाण्डे, अञ्जु गुरुङलगायत कलाकारको अभिनय रहेको छ। गीतको सातवटै भिडियोको निर्देशन निरेन श्रेष्ठले गर्नुभएको हो। कार्यक्रममा वरिष्ठ गायक धुव्रराज, म्युजिक भिडियो निर्देशक बबिता श्रेष्ठ, पप गायक दिपेश श्रेष्ठ वैध, गायक निमा लामा पाख्रिन, मोडल अमन श्रेष्ठ, मौलिक थाली नाचबाट एलिजिबा पुर्जा पुनलाई सम्मानित पनि गरिएको थियो।