• ११ साउन २०८१, शुक्रबार

मोरङका युवकको साउदी अरबमा मृत्यु

blog

हरि कोइराला
उर्लाबारी, चैत ३० गते । पारिवारिक सुखको सुन्दर सपना बोकेर साउदी अरब जानु भएका मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ का ३९ वर्षीय पदमबहादुर बुढाथोकीको मृत्यु भएको छ । 

बुढाथोकी डेढ वर्ष अघि साउदी अरब जानू भएको थियो । चैत २८ गते आफ्नै कोठामा पदम मृत भेटिएको खबर आएको मृतकका दाजु श्यामबहादुर बुढाथोकीले  बताउनु भयो । बुढाथोकीको शवलाई नेपाल ल्याउने नेपाली दूतावास मार्फत पहल भइरहेको श्यामले जानकारी दिनुभयो । पदमका २ छोरा र श्रीमती हुनुहुन्छ ।