• १८ असार २०८१, मङ्गलबार

फिल्म 'गणपति'को टिजर सार्वजनिक

blog

काठमाडौं, चैत २७ गते । अभिनेता मुकुन भुसाल र मेनुका प्रधान अभिनीत फिल्म 'गणपति' को टिजर सार्वजनिक भएको छ । ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। 

सबिन अधिकारीको निर्देशनमा बनेको फिल्ममा मुकुन र मेनुकासहित कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीकाभक्त जिरेल, सुशील पोखरेल, देवेन्द्र बब्लुलगायत कलाकारको अभिनय छ ।

एबिगम्यान फिल्म्स ब्यानरमा निर्माण भएको फिल्ममा लक्ष्मण थापाको लगानी छ । फिल्मलाई हरिबहादुर घलेले छायाङ्कन गर्नुभएको हो । 

यस्तै, फिल्म जेठ ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।