• १३ असोज २०८१, आइतबार

प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु

blog

बानेश्वरस्थित संसद् भवनमा सुरु भएको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक ।

काठमाडौं, चैत २७ गते ।  प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । बैठक बानेश्वरस्थित संसद् भवनमा सुरु भएको हो ।

गत शुक्रबार दलीय प्रतिनिधित्वका आधारमा कार्यव्यवस्था परामर्श समिति गठन भएसँगै पहिलो पटक कार्यव्यवस्था समितिको बैठक बसेको हो । कार्यव्यवस्था समितिको बैठकमा दलका प्रमुख सचेतकसहितका नेताहरूको उपस्थिति छ ।

बैठकमा प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्नुका साथै विषयगत समिति गठन, मस्यौदा समिति गठनलगायतमा छलफल चलिरहेको छ । प्रतिनिधि सभाको बैठक आज (सोमबार) दिउँसो १ बजे बस्नेछ ।