• १६ चैत २०८०, शुक्रबार

आर्मीलाई थ्रीस्टारको झट्का

blog

हिमालयन शेर्पाविरुद्ध गोल गर्दै विमल घर्तीमगर । तस्बिर : एन्फा

काठमाडौं, चैत २३ गते । विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई शहीद स्मारक ‘ए’ डिभिजन लिगमा नमिठो झट्का लागेको छ । च्यासल मैदानमा बिहीबार भएको खेलमा थ्रीस्टारले आर्मीलाई १-० गोलले हरायो ।

रियलको जितमा अजयी मार्टिन्सले निर्णायक गोल गर्नुभयो । मार्टिन्सले १७औँ मिनेटमा कप्तान विक्रम लामाको पासमा गर्नुभएको गोल टोलीको जितमा पर्याप्त बनेको थियो । जितसँगै थ्रीस्टारले ६ खेलबाट १० अङ्क  बनाएको छ । पराजित आर्मीको समान खेलबाट आठ अङ्क  छ । 

यसै गरी एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा भएको अर्को खेलमा हिमालयन शेर्पा क्लब र साबिक विजेता मच्छिन्द्र फुटबल क्लबले १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ ।

प्रतिस्पर्धात्मक खेलमा शेर्पाका लागि सत्यम् शर्माले ८६औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै सुरुवाती अग्रता दिलाउनुभयो । मच्छिन्द्रका छिरिङ गुरुङले डिबक्स भित्र ह्यान्ड गरेपछि शेर्पाले पेनाल्टीको अवसर पाएको थियो ।

त्यसपछि इन्जुरी समयमा विमल घर्तीमगरले गोल गर्दै मच्छिन्द्रलाई हारबाट जोगाउनुभयो । बराबरीसँगै शेर्पा र मच्छिन्द्रले ६ खेलबाट समान ६ अङ्क  बनाएको छ । लिगको शीर्षस्थानमा रहेका जावलाखेलको १३ अङ्क छ ।

दोस्रो रहेको चर्च ब्वाइज युनाइटेड र तेस्रो स्थानमा रहेको सातदोबाटो यूथ क्लबको समान १२ अङ्क छ । छैटौँ चरणको खेल सकेका न्युरोड टिम (एनआरटी) र नेपाल पुलिस क्लबले रेलिगेसन रेखा जोगाउन सकेका छैनन् ।