• १२ वैशाख २०८१, बुधबार

दार्शनिक ब्रुस ली

blog

साथीहरू तपाईहरूले ब्रुस लीको नाम सुन्नुभएकै होला । उहाँ  एक उत्कृष्ट खेलाडी, दार्शनिक र हामीजस्ता साना बालबालिकाको जीवनमा प्रेरणाका स्रोत पनि हुन् । उहाँको जन्म संयुक्त राज्य अमेरिकामा भएको थियो । सन् २०२० मा ब्रुस लीलाई समर्पित गर्दै चलचित्र पनि बनाइएको थियो । ब्रुस ली धेरैका लागि प्रेरणा थिए ।  उहाँको बाल्यकाल अति नै प्रेरणादायी छ । म पनि तेक्वान्दोमा सामेल हुन प्रेरित भएँ । 

बाल कलाकारका रूपमा ब्रुस लीले बाल्यकालमा करिब २० चलचित्रमा अभिनय गर्ने मौका पाए । उनी डान्स र कुङ्फुजस्ता गतिविधिमा पनि सामेल थिए । सन् १९५३ मा उहाँले अनुशासनमा आफ्नो भक्ति तिखार्न थाले । उनले मास्टर इप म्यानको नेतृत्वमा कुङ्फु अध्ययन गर्न थाले । त्यसपछि उनले हङकङ छाडे, अमेरिका आए  ।

साथीको रेस्टुरेन्टमा काम गरेर कुङ्फु सिकाउन थाले । पछि उनी चाँडै वासिङ्टन विश्वविद्यालयमा भर्ना भए र दर्शनमा डिग्री हासिल गरे । त्यसपछि उनले आफ्नै स्कुल जुन फ्यान गुङ्ग फु इन्स्टिच्युट सुरु गरे । सन् १९६३ मा उनको एक विद्यार्थी, लिन्डा एमरीसँग विवाह भयो । त्यसपछि ब्रुस र लिन्डा ओकल्यान्ड गए  । जहाँ ब्रुसले जेम्स लीसँग आफ्नो दोस्रो विद्यालय खोलेका थिए । पछि उनले आफ्नो अभिनय करियर पुनः सुरु गरे । उनले इन्टर द ड्रागन (१९७३), द वे अफ ड्रागन (१९७२) जस्ता पौराणिक चलचित्र पनि गरे । असल कर्मको सधैँ इनाम मिल्छ भनेजस्तै ब्रुस लीले ताइपेई गोल्डेन हर्स, फिस्ट अफ फ्युरी, नेसनल कराँते च्याम्पियनसिपजस्ता अवार्ड पनि पाए । उनी हामीमाझ नभए पनि हामीले उनलाई सँधैभरि उनको राम्रो काम र कृतिको कारण सम्झिरहने छौँ ।