• १६ चैत २०८०, शुक्रबार

फिल्म ‘नाइँ नभन्नु ल ६’को ट्रेलर सार्वजनिक

blog

काठमाडौं, चैत १७ गते । फिल्म ‘नाइँ नभन्नु ल ६’को ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट लामो ट्रेलरमा बाल र युवापुस्ताको प्रेम र विछोडलाई सांगीतिक शैलीमा प्रस्तुत गरिएको छ । 

ट्रेलरमा डेब्यु अभिनेता आशिर्वाद क्षेत्री र आँचल शीर्ष भूमिकामा देखिनुभएको छ । विकास आचार्यको निर्देशनमा बनेको फिल्ममा सरोज खनाल, प्रियंका कार्की, केकी अधिकारी, अनुभव रेग्मीसहित अन्य बाल कलाकारहको अभिनय देख्न सकिन्छ । 

विकास आचार्य र विष्णुमणि दाहालले निर्माण गर्नुभएको फिल्म वैशाख १ गते प्रदर्शन हुने तयारीमा छ ।