• ८ मंसिर २०८१, शनिबार

कथा

सानेको जन्मदिन

blog

सानेको जन्मदिन थियो । ऊ हजुर आमाको पर्खाइमा बसेको थियो । “मैले त ठ्याक्कै ५ः०० बजे आउनुहोला भनेर भनेको थिएँ । बिर्सिनुभयो कि ।” उसले मनमनै प्रश्न ग¥यो । केही बेर पर्खंदा पनि हजुरआमा आउने कुनै सङ्केत सानेले देखेन । साने आत्तियो ।

हजुरआमा बाटैमा हराउनुभयो कि भनेर साने हजुरआमालाई खोज्न गयोे । “ए बाबु, एकैछिन धैर्य गर, आइहाल्नु हुन्छ ।” आमाले पछाडिबाट भन्दा पनि उसले नसुनेको जस्तो ग¥यो । ईश्वरी फुपूले त थाहा भएन भन्नुभयो । प्रकाश दाइले भर्खर सुनीलको घरमा हजुरआमा गएको दाबी ग¥यो । सुनीलले “हजुरआमालाई भेट्न त भेटेको थिए तर उहाँ बुवासँग छोटो कुराकानी गरेर गइहाल्नुभयो” भन्यो ।

ला ! हजुरआमा अलपत्रमा पर्नुभयो भनेर साने झन् आत्तियो । उसले टोलका हरेक घरमा सोधपुछ ग-यो तर कसैले हजुरआमालाई देखेका थिएनन् । सानेले निरन्तर हजुरआमालाई खोज्दा आफ्नो जन्मदिनका बारेमा भुसुक्कै बिर्सेछ । खोज्दा खोज्दै घरबाट कोसाँै टाढा अर्कै टोलमा साने पुगेछ । 

अन्धकारले आकाश छाउन अब केही मिनेटको अन्तर रहेको थियो । सूर्यको अन्तिम झुल्कोले बिदा दिने बित्तिकै झमझम पानी पर्न थाल्यो । सानेले छाता बोकेको थिएन । ऊ नजिकैको चौतारामुनि निराश भएर काम्दै बस्यो । “हजुरआमा त भेटिनुभएन, मसँग रिसाउनुभयो होला । म पनि अब फर्किएर कसरी घर जानु ?” साने रुन थाल्यो ।

झमझम परिरहेको पानीमा निथ्रुक्कै भिजेको कोही त्यसै चौतारामा बस्न आयो । काम्दै गरेको सानेले यसो माथि हेर्दा पुलिसको बर्दीमा कामिरहेको एउटा मानिसलाई देख्यो । ड्युटीबाट घर फर्कंदै गर्दा पानी पर्न थालेछ । त्यो पुलिससँग कुनै उपाय नभएर चौतारामै आश्रय बस्नुपर्ने भएकाले ऊ त्यहाँ बसेको रहेछ । रुँदै गरेको सानेलाई पुलिसले सबै कुरा सोध्यो ।

“बाबु, अबेर भइसक्यो । तिम्रा आमाबुवा चिन्तित भइसक्नुभयो होला । पानी रोकिने बित्तिकै घर हिँडिहाल ।” पुलिसको भिजेको बर्दी भए पनि मीठो बोली थियो । साने अझै काम्दै थियो । 

त्यसै बेला पुलिसको फोनमा घन्टी बज्यो । टिरिङ टिरिङ ।  “अङ्कल, तपाईंको फोनको घन्टी बज्दै छ ।” भनी साने जुरुक्क उठ्यो । “लौ मैले ध्यान पु-याइन । धन्यबाद बाबु ....हेलो ।” फोन काटेपछि पुलिसले हँसिलो अनुहार पा-यो ।  “के भयो अङ्कल अचानक ?” “केही होइन । साने नामक बालक अहिलेसम्म घर पुगेको रहेनछ । उसका आमाबुवाले पत्रिकामा छोेरा हराएको सूचना हाल्न आँटिसके रे ।”“अङ्कल ! सायद त्यो हराएको बालक म नै होला ।” साने अत्तालियो । 

“ अब आत्तिनु पर्दैन । तिमी पुलिसको साथमा छौ तर यहाँ म नआएको भए तिमी ठूलो सङ्कटमा पर्न सक्थ्यौ । अबदेखि घर छाडेर यसरी नहिँड्नु ।” पुलिसले सानेलाई मायालु भावमा सम्झायो । आफूसँग कुरा गर्दै गरेको त्यही बालक हराएको बुझेर पुलिसले सूचना दिइहाल्यो । सानेका आमाबुवा र हजुरआमा हतारहतार गर्दै आइपुगे । पानी रोकिएपछि पुलिसले सानेलाई आमाबुवाको हातमा जिम्मा दिएर आफ्नो बाटोतिर लाग्यो । सानेले आमाबुवालाई अँगालो मा-यो । पछाडि हजुरआमा मुस्कुराउँदै गरेको देखेर सानेका आँखाबाट धरधरी आँसु झरे ।

“मैले तपाईंलाई कति खोजेँ, तपाईं कहाँ हुनुहुन्थ्यो ?” सानेले रुखो स्वरमा हजुरआमालाई सोध्यो । 

“तिमी मेरो खोजीमा घरबाहिर निस्किएको केही क्षणपछि म आइपुगेकी थिएँ । सुनीलका बुवाको पसलबाट फर्कंदा अलि अबेर नै भएछ ।” हजुरआमा सुनीलका बुवाको पसलमा सानेकै लागि उपहारका रूपमा गितार किन्न जानुभएको रहेछ ।

सानेले अलि धैर्य गरेको भए यसरी जाडोमा काम्नु पर्दैनथ्यो होला । हजुरआमा ढिलो हुनुभयो भन्दैमा ऊ आत्तियो र तुरुन्तै उहाँलाई खोज्न गयो । आफन्तको लागि माया त अपार छ तर धैर्य नगर्नाले उसले कठिन समस्या भोग्नुप-यो । आफ्नो जन्मदिन पनि आफ्नै  कारणले गर्दा राम्ररी मनाउन पाएन ।