• १३ वैशाख २०८१, बिहिबार

स्पेन स्कटल्यान्डसँग स्तब्ध

blog

स्पेनविरुद्ध गोल गरेपछि स्कटल्यान्डका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, चैत १५ गते । स्पेन युरोकप छनोट खेलमा स्कटल्यान्डसँग स्तब्ध बनेको छ । मङ्गलवार राति भएको खेलमा स्पेन स्कटल्यान्डसँग २-० गोलले पराजित भयो ।

घरेलु मैदानमा भएको खेलमा स्कटल्यान्डलाई जिताउन दुबै गोल स्टक म्याकटोमिनेले गर्नुभयो । उहाँले खेल सुरु भएको सातौँ र ५१औँ मिनेटमा गोल गर्दै स्पेनलाई हराउनुभएको हो ।

बल पोसेसनमा अब्बल देखिएको स्पेनले गोल फर्काउन भने सकेन । छनोट खेलको समूह ‘ए’ मा स्कटल्यान्डको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा स्कटल्यान्डले साइप्रसलाई ३-० गोलले हराएको थियो ।

यता पहिलो हार खेपेको स्पेनले यसअघिको खेलमा नर्वेलाई ३-० गोलले हराएको थियो । जितसँगै स्टकल्यान्डले ६ अङ्क बनाएको छ । स्पेनको तीन अङ्क छ । यही समूहको अर्को खेलमा नर्वे र जर्जियाले १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ ।

मङ्गलवार राति नै भएको अन्य खेलमा स्वीट्जरल्यान्डले इजरायललाई ३-०, क्रोएसियाले टर्कीलाई २-०, लेल्सले लात्भियालाई १-० र रोमानियाले बेलारुसलाई २-१ गोलले पराजित गरेको छ । कोसोभो र एन्डोराले १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । एजेन्सी