• १३ मंसिर २०८१, बिहिबार

एम्बुलेन्स बिग्रेपछि भाडाका गाडीमा बिरामी

blog

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, चैत १५ गते । सिन्धुपाल्चोक १२ स्थानीय तहका स्वास्थ्य एकाइ र अस्पतालका अधिकांश एम्बुलेन्स बिग्रिएपछि चर्को मूल्य तिरेर भाडाका गाडीमा बिरामी स्वास्थ्य संस्था जानुपर्ने बाध्यता छ।

भोटेकोशी गाउँपालिकाको फुल्पिङकोट स्वास्थ्य चौकीको बा२झ ३५ नम्बरको एम्बुलेन्स बिगे्रको एक वर्ष बितेको छ। तर मर्मत नहुमँदा पालिकाका बिरामी भाडाका महँगो गाडीमा अस्पतालमा उपचारका लागि जानु परिरहेको छ। बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स बिग्रेको नौ वर्ष बितिसकेको छ। स्वास्थ्य केन्द्रकै द्वारमा थन्किएको उक्त एम्बुलेन्स मर्मत भएको छैन।

भोटेकोशी गाउँपालिकाको चाकुमा बिग्रेर बसेको एम्बुलेन्स पनि मर्मत गरिएको छैन। सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घको एम्बुलेन्स पनि बिगे्रको एक वर्ष बितेको छ। बिगे्रको एम्बुलेन्स सङ्घको कार्यालय अगाडि थन्किएको छ। मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, इन्द्रावती गाउँपालिकालगायतको एम्बुलेन्स समयमा मर्मत नहुँदा बिरामी एम्बुलेन्स सेवाबाट वञ्चित हुनुपरेको हो। 

स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको अभिलेखमा जिल्लामा ४० वटा एम्बुलेन्स दर्ता छन्। तर हाल मुस्किलले १० वटा मात्रै एम्बुलेन्स सञ्चालनमा छन्। स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका अधिकृत अनुप अधिकारीले बिग्रेका एम्बुलेन्स मर्मत गरेर सञ्चालन गर्न स्वास्थ्य एकाई र स्वास्थ्य संस्थालाई निर्देशन दिनुभएको छ। तर, बिग्रेका एम्बुलेन्स मर्मत गरेर चलाउन नगरपालिका, गाउँपालिका, स्वास्थ्य एकाइ र स्वास्थ्य संस्थाले चासो दिइरहेका छैनन्। 

बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेतले नगरपालिकाभरका बिगे्रका एम्बुलेन्स मर्मत गरेर सहज रूपमा बिरामीलाई अस्पताल पु¥याउन सहयोग गर्ने जानकारी दिनुभयो। सिन्धुपाल्चोकमा एक दर्जन सहकारीले सेवा दिँदै आएका एम्बुलेन्स पनि नियमित सञ्चालनमा छैनन्। चालकको समस्यालगायतका कारण देखाउँदै सहकारीका एम्बुलेन्सले बिरामीलाई ढाड सेक्नेगरी भाडा असुल गरिरहेका छन्। अस्पतालहरूले बिगे्रका एम्बुलेन्स मर्मत गरेर चलाउनु सट्टा नयाँ एम्बुलेन्स खरिद गर्नतिर ध्यान दिँदै आएका छन्। एम्बुलेन्स अभावमा महँगो भाडा तिरेर बिरामी अस्पताल पु¥याउन बाध्य हुँदासमेत जिल्ला प्रशासन कार्यालयलगायतका नियमनकारी निकाय मौन छन्। उता बिरामी उपचारका लागि अस्पताल पु¥याउनैपर्ने भएका कारण चर्को भाडा तिर्न बिरामीका आफन्त बाध्य छन्।