• १३ वैशाख २०८१, बिहिबार

गायक राजेश पायल राईको नयाँ गीत 'काली काली'

blog

काठमाडौं, चैत ९ गते । गायक राजेश पायल राईको स्वरमा नयाँ गीत 'काली काली'सार्वजनिक भएको छ । टिएन आचार्यको शब्द रहेको गीतमा लक्ष्मण पोखरेलले सङ्गीत भर्नुभएको हो । 

गीतमा गजित विष्ट, गम्भीर विष्ट र सामारिका ढकाल फिचर्ड हुनुहुन्छ । म्युजिक भिडिओलाई सुरेन्द्र बस्यालले निर्देशन गर्नुभएको छ ।

टिएन आचार्यले निर्माण गर्नुभएको गीतलाई विकाश नेपालीले कोरियोग्राफी गर्नुभएको हो । गीतमा दिनेश पराजुलीले छायाङ्कन तथा नवीन निरौलाले सम्पादन छ ।