• १३ वैशाख २०८१, बिहिबार

प्रश्नपत्र बाहिरिएको गुनासो

blog

ललिता साह 

बोदेबरसाइन (सप्तरी), चैत ९ गते । सप्तरीमा सामुदायिक विद्यालयले सञ्चालन गरेको परीक्षाको प्रश्नपत्र परीक्षा हुनुअघि नै बाहिरिएको छ । चैत ६ देखि कक्षा ८ बाहेक १ देखि ९ सम्मको परीक्षा सञ्चालन भइरहेको छ । 

राजविराज नगरपालिका–५ स्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत कक्षाकी प्रथम छात्रा नेहाकुमारी झाले सोमबार र मङ्गलबार अङ्ग्रेजी र नेपाली विषयको परीक्षा दिनुभयो तर बुधबारको सामाजिक विषयको परीक्षा दिन विद्यालय जान मान्नु भएको थिएन् । 

नेहाले भन्नुभयो, “दुई दिनदेखि मेरो कक्षाका साथीले परीक्षामा सोधिने प्रश्नहरूको जवाफ मसँग लेखेर मागेका थिए । मैले कतिको जवाफ दिए कतिको दिइनँ । जब परीक्षामा साथीलाई दिएकै प्रश्नको जवाफ लेख्नुपर्दा बल्ल स्मरणमा आयो कि यो जवाफ त हिजै साथीलाई लेखेर दिएको थिएँ ।”  गए राति मात्रै त्यही साथीले आज हुने विषय सामाजिक अध्ययनको दुईवटा प्रश्न म्यासेन्जरमा मलाई पठाउँदै त्यसको उत्तर लेखेर पठाइदिन आग्रह गर्दा मैले बुवालाई भनेको थिए । त्यसपछि ती दुई प्रश्न आज सोधेको प्रश्नहरू मध्येबाटै रहेको आफूले पत्ता लगाउन विद्यालयसम्म आउँदा सो तथ्य फेला परेको अभिभावक वशिष्ठ नारायण झाले बताउनुभयो । 

परीक्षा चलेकै बेला विद्यालयको प्रधानाध्यापकसँग पुग्दा र गुनासो गर्दा त्यही प्रश्न मिलेको थियो । उहाँले भन्नुभयो, “मङ्गलबार भएको अङ्ग्रेजी विषयको बाहिरिएको प्रश्न सेटको एक लाइनले पाँचवटै प्रश्न हुबहु मिलेको पाएपछि स्कुलमा प्रश्नपत्र बाहिरिएको विद्यालयका शिक्षकलाई जानकारी भएको थियो ।” 

प्रश्नपत्र बाहिरिएको सन्दर्भमा पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक किशोर चौधरी भन्नुहुन्छ, “अङ्ग्रेजी विषयको प्रश्नपत्र नगरपालिकाबाट ल्याइएपछि प्रश्नपत्रको बन्डलमाथि अङ्ग्रेजी लेखिए पनि प्याकेट खोलेर हेर्दा गणित विषयको प्रश्नपत्र पाएयो ।”