• ६ वैशाख २०८१, बिहिबार

विद्यार्थी सवार ट्याक्टर दुर्घटनामा एकको मृत्यु चार घाइते

blog

सांकेतिक तस्बिर

शिवराज ढुङ्गाना 

अछाम, चैत ६ गते । विद्यार्थी चढेको ट्याक्टर मेल्लेख गाउँपालिकाको बुढा खोला भन्ने स्थानमा दुर्घटना हुँदा एकको मृत्यु र चार घाइते भएका छन् । मृत्यु हुनेमा १६ वर्षीया मनीषा बुढाको घटनास्थलमै मृत्यु भएको मेल्लेख गाउँपालिका ३ का वडा अध्यक्ष नौले रावलले जानकारी दिनुभयो । 

सोही दुर्घटनामा घाइते हुनेमा १५ वर्षीया सुस्मिता बुढा, १४ वर्षीया पार्वती बुढा, करिश्मा बुढा र १२ वर्षीया पुष्पा विक रहेका छन् । दुर्घटना भएको ट्याक्टरमा च्यापिएका चार जना विद्यार्थीलाई उद्धार गरेर वयलपाटा अस्पतालमा उपचार भइरहेको वडा अध्यक्ष रावलको भनाइ छ ।

आइतबार मध्य दिउँसो संस्थाले बाँड्ने खुत्रुके लिन पिपलसैन माध्यमिक विद्यालय जाने क्रममा से २ त ३४३१ नम्बरको ट्याक्टर मेल्लेख गाउँपालिकाको दर्वा र बगुडाको बिचमा बुढा खोला भन्ने स्थानमा दुर्घटनामा परेको बताइएको छ ।