• १६ चैत २०८०, शुक्रबार

चलचित्र कलाकार सङ्घको अध्यक्षमा मोहन निरौला निर्वाचित

blog

काठमाडौं, चैत ५ गते । चलचित्र कलाकार सङ्घको अध्यक्षमा मोहन निरौला निर्वाचित हुनुभएको छ । शनिबार काठमाडौंमा सम्पन्न सङ्घको १९ औं महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

कलाकार निरौलाले रेजिना उप्रेतीलाई २६ मतले हराउनुभएको हो । कुल खसेको मतमध्ये निरौलाले दुई सय ३५ मत प्राप्त गर्नुभएको हो भने उप्रेतीले २०९ मत प्राप्त गर्नुभयो। 

यसबाहेक २६ मत बदर भयो । यस्तै, उपाध्यक्षमा कविता गेलाल र शिवहरि वैरागी महासचिवमा सबिन श्रेष्ठ निर्वाचित तथा सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटुवाल विजयी हुनुभएको हो । 

सहकोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित हुनुभएको थियो । सदस्यमा शीतल केसीले तीन सय दुई मत प्राप्त गरी विजयी बन्नुभएको हो । सदस्यहरूमा गोपाल ढकाल, उद्धवप्रसाद भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, खुश्बु खड्का, सरिता राजोपाध्याय, रोशन श्रेष्ठ र समीर लामा निर्वाचित हुनुभएको छ ।