• १३ मंसिर २०८१, बिहिबार

गोरखनाथलाई हिन्दु र बौद्धमार्गी दुवैले मान्नुपर्छ : गुरुङ

blog

कार्यक्रममा सम्बोधन गर्नुहुँदै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति जगमान गुरुङ

गोरखापत्र अनलाइन

काठमाडौं, चैत २ गते । सिद्ध परम्पराका अध्येता गोरखनाथलाई हिन्दु र बौद्धमार्गीहरुले मान्नुपर्ने नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. जगमान गुरुङले बताउनुभएको छ । मृगस्थली काठमाडौंमा सम्पन्न श्री वृद्धाध्यात्मिक परिषद्को ५८ वार्षिकोत्सव समारोहमा उहाँले सो कुरा बताउनुभएको हो।

सो अवसरमा उहाँले  गोरखनाथले रचना गरेको मेघमाला विधि, (पानी पार्ने) जुन लामा, बौद्ध अनुयायीले अभ्यास गर्ने भन्नुहुँदै गोरखनाथलाई जातीविशेषको देवता भन्न नमिल्ने भनाई राख्नुभयो । उहाँले तिब्बतीय गुरु दलाई लामाको इष्टदेव बज्र भैरव जसलाई तिब्बती भाषामा (धोर्जेझिक्जे) भनिने बताउनुभयो ।

कार्यक्रम उहाँले सिद्ध परम्परा कति लामा समुदाय र कति नेवार समुदाय पनि रहेको भन्नुहुँदै नाथ अनुयायीले पनि सबैसँग समन्वय गर्नुपर्ने बताउनुभयो।

नाथ समुदायकाहरुले पनि  हठयोग साधना गरेर सिद्धि प्राप्त गर्न लाग्न आग्रह गर्नुभयो।  गोरखनाथकै अवतार योगी नरहरिनाथ हुनुभएको बताउनुहुँदै त्यसपछि अरू नाथहरूले सिद्धत्व प्राप्ति गर्न नसक्नुभएको उहाँको भनाइ छ । कार्यक्रममा प्रा.डा. पुण्यप्रसाद पराजुली, डाक्टर कृष्णचन्द्र शर्मा, डाक्टर माधवप्रसाद लामिछाने, डाक्टर विजय मिश्र, योगी खेचरनाथ लगायतले धारणा राख्नुभयो । 

परिषद्का अध्यक्ष गोरखनाथ पिटका पिठाधीश योगी श्रीषनाथले नेपालको संस्कृति र सम्पदा संरक्षणका लागि राष्ट्रगुरु  योगी नरहरिनाथ परिषद् स्थापना गर्नुभएको लगायतका विषयमा जानकारी गराउनुभयो ।