• १३ साउन २०८१, आइतबार

घाइते सांसद न्यौपानेको स्वास्थ्य अवस्था बुझ्न अध्यक्ष नेपाल ट्रमा सेन्टरमा

blog

सांसद गोविन्द न्यौपानेको स्वास्थ्यस्थित बुझ्न ट्रमा सेन्टर पुग्नुभएको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल । तस्बिर : नेकपा एसको सचिवालय

काठमाडौं, फागुन २५ गते । संसद् भवनमा चिप्लिएर घाइते हुनुभएका सांसद गोविन्द न्यौपानेको स्वास्थ्यस्थित बुझ्न नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल ट्रमा सेन्टर पुग्नुभएको छ । राष्ट्रपति निर्वाचनका क्रममा मतदान गरी बाहिरिदा संसद् भवनमै चिप्लिएर घाइते हुनुभएको हो ।

सप्तरी प्रदेश सभा (क) बाट एकीकृत समाजवादीका तर्फबाट निर्वाचित सांसद न्यौपाने बिहान ११ः३८ बजेको आसपासमा चिप्लिएर लड्नुभएको थियो । उहाँको टाउको चोट लागेको छ । चिकित्सकहरुले स्वास्थ्यस्थिति सामान्य रहेको बताएका छन् ।