• १ जेठ २०८१, मङ्गलबार

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

blog

१. साहसिक खेलमा एसियाकै उत्कृष्ट घोषित हुन सफल राष्ट्र कुन हो ?

नेपाल (सन् २०२३ फेब्रुअरी)

मलेसियामा आरएनए मिडिया ग्रुपले गरेको स्वतन्त्र अध्ययनबाट नेपाल एसियामै साहसिक खेल गतिविधिमा ‘प्रथम मुलुक’ घोषित भएको ।

आरएनए मिडिया ग्रुपले गरेको अध्ययनबाट प्राकृतिक सम्पदा, जलस्रोत र भौगोलिक विविधतामा सम्पन्न नेपाल साहसिक खेलको सम्भावनाका दृष्टिले एसियाली मुलुकमध्ये शीर्ष १० भित्र पर्दै प्रथम मुलुक घोषित भएको । 

मलेसियाको क्वालालम्पुरमा आयोजित समारोहमा मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलद्वारा ‘साहसिक खेलमा प्रथम देश’ अवार्ड ग्रहण गरिएको ।


२. वि.सं. २०७९ फागुन (सन् २०२३ फेब्रुअरी)मा त्रिवि मैदानमा सम्पन्न आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय शृङ्खलामा क्लिन स्विप गरी कीर्तिमान कायम गर्न सफल राष्ट्र कुन हो ?

नेपाल 

वि.सं. २०७९ फागुन (सन् २०२३ फेब्रुअरी)मा त्रिवि मैदानमा सम्पन्न खेलमा नेपालले स्कटल्यान्ड र नामिवियालाई दुई÷दुईवटै खेलमा हराएर यो सिरिजमा पूर्ण ८ अङ्क जोड्न सफल भएको ।

नेपाली क्रिकेट टोलीले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक ओडीआई सिरिजमा पहिलो पटक चारवटै खेल जितेको । 


३. अन्तर्राष्ट्रिय मातृभाषा दिवस कहिले मनाइन्छ ?

फेब्रुअरी २१

नारा : शैक्षिक रूपान्तरणका लागि बहुभाषिक शिक्षा 

सन् १९५२ मा बङ्गलादेश (तत्कालीन समयमा पूर्वी पाकिस्तानका रूपमा रहेको)मा मातृभाषा (बङ्गाली भाषा) बोल्न पाउनु पर्छ भनेर माग गर्ने विद्यार्थी मारिएको दिनको संस्मरणमा यो दिवस मनाउने गरिएको ।

संयुक्त राष्ट्रसङ्घ महासभाद्वारा सन् १९९९ मा घोषणा गरी सन् २००० देखि आफ्ना सम्पूर्ण सदस्य राष्ट्रलाई बहुभाषिक र बहुसांस्कृतिक जनसङ्ख्या र तिनको भाषाको कदरस्वरूप हरेक वर्ष फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सदस्य राष्ट्रहरूमा यो दिवस मनाउँदै आइएको । 

यस दिवसका माध्यमबाट विश्वका विभिन्न भाषा तथा संस्कृतिको विविधतालाई स्वीकार गरी बहुभाषा र बहुसंस्कृतिलाई संरक्षण प्रदान गरिएको । 

मातृभाषाकै संरक्षणका लागि जागरणस्वरूप सं.रा. सङ्घको आह्वानमा सन् २००८ लाई अन्तर्राष्ट्रिय भाषा वर्षका रूपमा मनाइएको । 

नेपालमा वि.सं. २०६६ देखि यो दिवस मनाउन सुरु गरिएको । 

संयुक्त राष्ट्रसङ्घद्वारा सन् २०२२–२०३२ लाई आदिवासी भाषा दशक घोषणा गरिएको । 


४. फोनिज युके पत्रकारिता पुरस्कार–२०७९ कसलाई प्रदान गरियो ?

पत्रकारद्वय रमिता लामा र नृपेन्द्रलाल श्रेष्ठ 

नेपाल आदिवासी पत्रकार महासङ्घ (फोनिज)ले पत्रकारिताको माध्यमबाट आदिवासीका भाषा, कला, संस्कृति, साहित्यको उत्थानका लागि योगदान पु-याएका दुई पत्रकारलाई फोनिज युके पत्रकारिता पुरस्कार प्रदान गरेको । सन् २०१६ देखि फोनिज युके पत्रकारिता सम्मान र पुरस्कार दिइँदै आएको ।


५. राष्ट्रिय बालनाटक मेला २०७९ मा सर्वोत्कृष्ट नाटकको उपाधि चुम्न सफल नाटक कुन हो ?

पार्वती 

भक्तपुरको निस्ट स्कुलद्वारा प्रस्तुत गरिएको नाटक पार्वतीले सर्वोत्कृष्ट नाटक घोषित हुँदै एक लाख रुपियाँ नगद राशि प्राप्त गरेको । 


६. वि.सं. २०७९ फागुनमा सम्पन्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशनबाट अध्यक्षमा चयन हुन सफल कलाकार को हुन् ?

रीता थापामगर 

धादिङबेँसीमा सम्पन्न महाधिनेशनबाट रीता थापामगर सर्वसम्मत रूपमा अध्यक्षमा निर्वचित भएकी । त्यस्तै पशुपति शर्मा वरिष्ठ उपाध्यक्ष, रामजी खाँण प्रथम उपाध्यक्ष एवं राधिका हमाल महिला उपाध्यक्षका रूपमा निर्वाचित भएका ।) 


७. नेपाल पन्छी संरक्षण सङ्घका अनुसार हाल (वि.सं. २०७९ फागुन) नेपालमा कति प्रजातिका चरा भेटिएका छन् ?

८९२


८. पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा (इन्स्ट्रमेन्टल फ्लाइट रुल–आईएफआर) प्रविधिमा आधारित उडान–अवतरण कहिलेदेखि भएको हो ?

वि.सं. २०७९ फागुन ११

क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा निर्माण भए पनि हालसम्म यो विमानस्थलमा आँखाले हेरेको आधारमा गरिने उडान (भिजिबल फ्लाइट रुल–भीएफआर) हुँदै आएको । आईएफआर प्रणाली सुरु भएसँगै अब 

अन्तर्राष्ट्रिय उडानको बाटो खुलेको । 

आईएफआर प्रणाली सञ्चालन हुँदा अब पोखरामा उडान अवतरणका लागि चाहिने भिजिबिलिटी (दृश्य क्षमता) तीन हजार ६०० देखि चार हजार मिटर भए पुग्ने । यसअघि यस विमानस्थलमा पाइलटले आँखाले आकाश र रनवे हेरेर गरिने भीएफआर उडानका लागि विमानस्थल वरपरको भिजिबिलिटी न्यूनतम छ किलोमिटर 

हुनैपर्ने प्रावधान रहेको थियो । 

यो विमानस्थल वि.सं. २०७९ फागुन १७ (सन् २०२३ जनवरी १) मा उद्घाटन भएको ।


९. सुखानी काण्ड कहिले भएको थियो ?

वि.सं. २०२९ फागुन २१

कम्युनिस्ट आन्दोलनका क्रममा वि.सं. २०२९ फागुन २१ मा सुखानीमा घटेको घटना ‘सुखानी काण्ड’का रूपमा परिचित छ । तत्कालीन पञ्चायती दमनविरुद्ध मोर्चाबन्दी गरेको आरोपमा पक्राउ परेका पाँच जना योद्धालाई झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने बहानामा सुखानीको 

जङ्गलमा लगेर हत्या गरिएको थियो । (नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहाललाई सुखानीमा हत्या गरिएको थियो ।)


१०. न्युजिल्यान्डमा सन् २०२३ फेब्रुअरीमा आएको चक्रवात कुन हो ?

गेब्रिएल

(सो चक्रवातका कारण तीन हजारभन्दा बढी मानिसको हताहती एवं २० हजारभन्दा बढी घरमा क्षति पुगेको ।)

११. नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)द्वारा हरेक वर्ष प्रदान गरिने खोजी पत्रकारिता पुरस्कार, २०७९ कसलाई प्रदान गरियो ?

पत्रकार मातृका दाहाल र तारा वाग्ले (पुरस्कार राशि : रु. ५० हजार) 


१२. सिद्ध कैलाश गुफा कहाँ रहेको छ ?

सल्यान 


१३. नेकपा (एमाले)ले सरकारबाट बाहिरिने निर्णय गरेसँगै सरकार कहिले छोडेको हो ? 

वि.सं. २०७९ फागुन १५ 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा वर्तमान सरकारमा नेकपा (एमाले)का तर्फबाट सहभागी मन्त्रीहरूले राजीनामा दिएका । 

प्रतिनिधि सभा विघटनपछि बनेको कांग्रेस नेतृत्व गठबन्धनलाई मङ्सिरमा भएको आमनिर्वाचनपछि भत्काउन सफल भए पनि एमालेसहितको गठबन्धन दुई महिनाभन्दा लामो समय चल्न सकेन । राष्ट्रपति चुनावलाई लिएर माओवादीसँग खटपट भएपछि एमाले फागुन १५ बाट औपचारिक रूपमा बाहिरिएको छ । 

सरकारलाई दिएको समर्थन फिर्तासहित एमाले मन्त्रीहरूले राजीनामा दिएका । एमाले अब संसद्को प्रमुख प्रतिपक्षी कित्तामा पुगेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा सम्मिलित मन्त्रीहरू यसअघि नै सरकारबाट बाहिरिएका । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सरकारबाट बाहिरिएको छ । 


१४. पश्चिम नवलपरासी बर्दघाट नगरपालिकास्थित दबिला क्षेत्रलाई के घोषणा गरिएको छ ?

बुद्धकालीन हलिदावसन नगर

गौतम बुद्धको मावलीस्थल प्राचीन कोलीय 

गणराज्यअन्तर्गत पर्ने विभिन्न नगरमध्ये एउटालाई स्थानीय सरकारले सो घोषणा गरेको ।

प्राचीन कोलीय गणराज्यअन्तर्गत उत्तरक, ककरपत्त, हलिदावसन, संयोगा, रामग्राम, सज्जनेल एवं कुन्डीय नामका सात नगर रहेको इतिहासविद्ले उल्लेख गरेका ।

प्राचीन कोलीय राज्यको राजधानी हाल पण्डितपुरमा 

रहेको पुरातात्त्विक  अध्ययनले देखाएको भए पनि अन्य प्राचीन नगरहरू कहाँ थिए भन्ने अध्ययन अनुसन्धानको विषय बनेको ।


१५. कर्णाली प्रदेशमा प्रदेशस्तरीय आविस्कार केन्द्र स्थापनाका लागि राष्ट्रिय आविस्कार केन्द्र र मध्यपश्चिमाञ्चल विश्वविद्यालयबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर कहिले भएको हो ? 

वि.सं. २०७६ फागुन १ 


१६. दोस्रो नेपाल भाषा स्टार म्युजिक भिडियो अवार्डस–२०७९ मा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुने कलाकार को हुन् ?

कलाकार मदनकृष्ण श्रेष्ठ (वि.सं. २०७९ फागुन) 


१७. गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पहिलो पटक अन्तर्राष्ट्रिय बौद्ध कला, संस्कृति एवं साहित्य महोत्सवको आयोजना कहिले गरियो ? 

वि.सं. २०७६ माघ २४–२६

लुम्बिनी प्रदेश सरकार र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा महोत्सव आयोजना गरिएको । 


१८. हिमालयन बैङ्क र सिभिल बैङ्कको एकीकृत कारोबार कहिलेदेखि सुरु भएको हो ?

वि.सं. २०७९ फागुन १२

दुवै बैङ्कको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपश्चात् दुवै संस्थाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण वित्तीय 

कारोबार एकीकृत रूपमा अब ‘हिमालयन बैङ्क लिमिटेड’को नामबाट हुन थालेको । 

हिमालयनले सिभिल बैङ्कलाई १०० ः ८०.२८ को स्वाप रेसियोमा प्राप्ति गरेको । 

सिभिल बैङ्कलाई प्राप्ति गरेपछि हिमालयन बैङ्कको चुक्ता पुँजी ३४ अर्ब रुपियाँ पुगेको ।

बैङ्कको केन्द्रीय कार्यालय कमलादी (हिमालयन 

बैङ्कको साबिककै केन्द्रीय कार्यालय)मा रहने भएको । 


१९. तथ्यमा आधारित भएर नीति निर्माण गर्ने तयारीअनुसार सरकारले तथ्याङ्क प्रणाली विकासका लागि कति वर्षे रणनीति ल्याएको छ ?

पाँच वर्षे (वि.सं. २०७५ चैत)

(रणनीतिले सङ्घीय संरचनाअनुसार केन्द्रदेखि स्थानीय तहसम्मका तथ्याङ्कीय एकाइ र गर्नुपर्ने काम निश्चित गर्ने । रणनीति कार्यान्वयन अवधिमा केन्द्रीय तथ्याङ्क विभागलाई स्तरोन्नति गरी राष्ट्रिय तथ्याङ्क कार्यालयमा परिणत गरिनेछ ।)


२०. मानिसको शरीरमा इन्सुलिन हर्मोन उत्पादन गर्ने ग्रन्थी कुन हो ?

प्याङ्क्रियाज

 

२१. मधेश प्रदेशका सबै पालिकामा मुख्यमन्त्री बेटी पढाउँ, बेटी बचाउँ कार्यक्रम कहिलेदेखि सञ्चालन गरिएको हो ?

वि.सं. २०७५ फागुन १९

मुख्यमन्त्री लालबाबु राउतद्वारा मधेश प्रदेशका सबै पालिकामा यो कार्यक्रम लागू भएको घोषणा 

गरिएको । यसअघि मधेश प्रदेशका आठ जिल्लाबाट एक/एक पालिका गरी जम्मा आठवटा पालिकामा मात्रै सो कार्यक्रम लागू भएको थियो ।

यो अभियानले महिलामाथि हुने भेदभावमा कमी हुने, कम उमेरमा छोरीको विवाह गर्नेमा कमी आउने महिला तथा शिशु मृत्युदरमा कमी हुनुका साथै महिला हिंसामा पनि कमी आउने विश्वास प्रदेश सरकारले लिएको छ ।


२२. विकास समिति ऐन, २०१३ बमोजिम गठन भएका सबै विकास समिति खारेज गर्ने निर्णय सरकारले कहिले गरेको हो ? 

वि.सं. २०७५ असार २०

(विकास समिति ऐन, २०१३ बमोजिम गठन भएका सबै क्षेत्रका विकास समितिमध्ये सम्बन्धित मन्त्रालयले कायमै राख्न आवश्यक ठानी औचित्यसहित 

मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरी मन्त्रिपरिषद्को निर्णयबमोजिम कायम हुनेबाहेक अन्य सबै समिति सोही ऐनको दफा ८ बमोजिम विघटन गर्र्नेे, विघटित समितिमार्फत भइरहेको अत्यावश्यक सेवा एवं राष्ट्रिय महìवका आयोजनाको सञ्चालन एवं सोसम्बन्धी कार्य सम्बन्धित मन्त्रालय वा मातहतबाट सम्पादन गर्नेलगायतका निर्णय २० असारको मन्त्रिपरिषद् बैठकले गरेको ।)

प्रस्तुतकर्ता : टंक के.सी.