• २५ वैशाख २०८१, मङ्गलबार

बार्सिलोनाको कठिन जित

blog

गोल गरेपछि बार्सिलोनाका पेड्री । तस्बिर : एएफपी

काठमाडौं, फागुन १ गते । स्पेनिस ला लिगा फुटबलको उपाधि दौडमा रहेको बार्सिलोनाले भिल्लारियलमाथि कठिन जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई उसैको मैदानमा १–० गोलले हरायो ।

बार्सिलोनाको जितमा मिडफिल्डर पेड्रीले निर्णायक गोल गर्नुभयो । उहाँले १८औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पासमा गरेको गोल टोलीको जितमा प्रयाप्त बन्यो । बार्सिलोनालाई कडा टक्कर दिएपनि भिल्लारियलले गोल फर्काउन सकेन । 

जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई ११ अंकले पछि पारेको छ । बार्सिलोनाको २१ खेलबाट ५६ अङ्क पुगेको छ । एक खेल कम खेलेको रियलको ४५ अङ्क छ । पराजित भिल्लारियल ३१ अंकसहित आठौं स्थानमा छ ।

आइतबार राति नै भएको अन्य खेलमा एट्लेटिको म्याड्रिडले सेल्टा भिगोलाई १–० गोलले हराएको छ । गेटाफे र रायो भालेकानोले १–१ तथा रियल भालाडोलिड र ओसासुनाले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । एजेन्सी