• २९ वैशाख २०८१, शनिबार

प्रधानमन्त्रीको कुर्सीमा बस्दा प्रधानमन्त्री बनेजस्तै भयो: मदनकृष्ण श्रेष्ठ

blog

११ औँ नेफ्टा अवार्ड उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा आसनमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ । साथमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलगायत अन्य कलाकार । तस्बिर: सागर बस्नेत

काठमाडौं, माघ २६ गते। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेफ्टा अवार्डको कार्यक्रममा प्रधानमन्त्री बस्ने कुर्सीमा आफू बस्नु नै आफूलाई पुरस्कार सरह भएको बताउनुभएको छ। 

बिहीबार काठमाडौंमा चलचित्र प्राविधिक सङ्घको आयोजनामा भएको ११ औँ नेफ्टा अवार्ड उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। 

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख अतिथिका रूपमा बोलाइए पनि कार्य व्यस्तताका कारण प्रधानमन्त्री कार्यक्रममा सहभागी बन्न सक्नुभएन। 

प्रधानमन्त्री सहभागी नभएपछि आयोजकले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई प्रमुख अतिथिको रूपमा आसन ग्रहण गराएको थियो। सोही विषयलाई लिएर उहाँले प्रधानमन्त्री बस्ने कुर्सीमा आफू बस्न पाउनु नै आफूलाई पुरस्कार भएको बताउनु भयो। उहाँले प्रधानमन्त्री बस्ने कुर्सीमा बस्न पाउनु आफूलाई प्रधानमन्त्री बने जस्तै भएको बताउनु भयो। 

उहाँले भन्नुभयो, ‘‘प्रमुख अतिथि प्रधानमन्त्री आउने भन्ने थियो, आज म नै बस्न पाएँ, प्रमुख अतिथिको कुर्सीमा। पुरस्कार पाए जस्तै भयो, प्रधानमन्त्री बनेको जस्तै भयो।’’ सो अवसरमा उहाँले ‘एउटै इच्छा छ, तिम्रै भएर जिउने’ बोलको गीत गाएर सुनाउनुभएको थियो।