• १२ साउन २०८१, शनिबार

वृहत् यौनिक शिक्षा सम्बन्धी कार्यशाला सम्पन्न

blog

गाेरखापत्र अनलाइन

काठमाडाैँ, माघ २६ गते । नेपाल स्वास्थ्य शिक्षा सङ्घ, त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय र शिन्शु विश्वविद्यालयको संयुक्त आयोजनामा २ दिने वृहत् यौनिक शिक्षा सम्बन्धी कार्यमूलक अनुसन्धानमा आधारित कार्यशाला हालै सम्पन्न भएको थियो । 

गोष्ठीको पहिलो दिन त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र सङ्काय अन्तर्गत स्वास्थ्य शिक्षा विषय अध्यापनरत प्राध्यापकहरू र दोस्रो दिन सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा आधारभूत तहमा स्वास्थ्य शिक्षा विषयमा अध्यापनरत शिक्षकहरू सहभागी हुनुभएको थियो । 

प्रमुख अतिथि शिक्षा शास्त्र संकायका डीन प्रा.डा. चित्र बहादुर बुढाथोकीले वृहत् यौनिक शिक्षामा जोड दिनुभएको थियो । 

विषय विज्ञको रूपमा प्रा.डा. रामकृष्ण महर्जन र प्रा.डा. श्यामकृष्ण महर्जनले विद्यालय तथा विश्वविद्यालय तहमा वृहत् यौनिकता शिक्षाको पाठ्यक्रम र शिक्षणको अवस्थाबारे थप प्रस्ट पार्नुभएको थियो ।

कार्यक्रमको सहजकर्ता जापानी प्राध्यापक सचि तमावाकी, उपप्राद्वय यदुराम उप्रेती र सुधा घिमिरेले गर्नुभएको थियो

उद्घाटन सत्रमा नेपाल स्वास्थ्य शिक्षा सङ्घका अध्यक्ष प्रा.डा. भीमसेन देवकोटा र नेपाल स्वास्थ्य शिक्षा सङ्घका महासचिव डा. भगवान् अर्यालले मन्तव्य राख्नुभएको थियो ।

कार्यशालामा विद्यालय तथा विश्वविद्यालय तहमा यौनिकता शिक्षालाई सहभागितामूलक सक्रिय शिक्षण विधि प्रयोगबारे स्पष्ट पारिएको थियो ।