• १३ असोज २०८१, आइतबार

उपाध्यक्ष अर्याल पार्टीको जिम्मेवारीबाट अलग

blog

राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्याल

काठमाडौं, माघ २५ गते । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले नेकपा (माओवादी केन्द्र) को पार्टी सदस्य र जिम्मेवारीबाट अलग रहेको घोषणा गर्नुभएको छ । बुधबार एक सूचना जारी गर्नुहुँदै उहाँले सो घोषणा गर्नुभएको हो ।

संविधानमा राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष तथा प्रतिनिधि सभाको सभामुख र उपसभामुख दलमा आबद्ध हुन नपाउने व्यवस्था छ ।

सोही व्यवस्था अनुसार राष्ट्रिय सभा उपाध्यक्षको भूमिका स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन आफूआवद्ध माओवादी केन्द्रको पार्टी सदस्यता र सम्पूर्ण राजनीतिक, साङ्गठनिक जिम्मेवारीबाट अलग भएको अर्यालले घोषणा गर्नुभएका हो ।

राष्ट्रिय सभाको उपाध्यक्ष पदमा माघ २३ गते सोमबार अर्याल सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको थियो ।