• ११ मंसिर २०८१, मङ्गलबार

बौद्ध सम्प्रदायको चासोलाई कोषले सधै स्वागत गर्छ : लुम्बिनी विकास कोष

blog

काठमाडौं, माघ २२ गते। लुम्बिनी विकास कोषले लुम्बिनीमा हुने गतिविधिप्रति बौद्ध सम्प्रदायको सकारात्मक चासोलाई सधैभरी स्वागत गर्ने बताएको छ। आइतबार कोषका सदस्य सचिव सानुराजा शाक्यले विज्ञप्ति सार्वजनिक गर्दै यस्तो बताउनुभएको हो। 

लुम्बनीमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा भारतीय सन्त मोरारी बापूबाट प्रवचन हुने कार्यक्रमका लागि हल प्रयोग गर्न दिइएको सम्बन्धमा सरोकारवाला संघ संस्थाले चासो र चिन्ता राखेपछि कोषले विज्ञप्ति सार्वजनिक गर्दै यस्तो बताएको हो। 

उक्त हल प्रयोग गर्न दिएको विषयमा संघ संस्थाले राखेको चासो, चिन्ता र प्रश्नको विषयमा ध्यानाकर्षण भएको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ। उक्त कार्यको विरोध भएकोप्रति कोष गम्भीर रहेको सदस्य सचिव शाक्यले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भनिएको छ।  विज्ञप्तिमा भनिएको छ, ‘लुम्बिनीमा हुने गतिविधिप्रति बौद्ध सम्प्रदायहरुको सकारात्मक चासोलाई कोषले सधैंभरी स्वागत गर्दै आएको छ।’

यो चासो र चिन्तालाई विश्व बौद्ध परम्परा र विश्व शान्तिका लागि अनुकुल हुनेगरी सम्बोधन गर्नु संस्थाको कर्तव्य भएको विज्ञप्तिमा उल्लेख छ।  विज्ञप्तिमा थप भनिएको छ, ‘यसप्रति देखाएको चासोलाई विश्व बौद्ध परम्परा र विश्व शान्तिका लागि अनुकुल हुने गरी सम्बोधन गर्नु हाम्रो कर्तव्य नै हो।’

 कोषको विज्ञप्ति जस्ताको तस्तै :