• ७ वैशाख २०८१, शुक्रबार

झापा दुर्घटनामा २ को मृत्यु

blog

विष्णुप्रसाद पोखरेल

दमक, माघ २० गते ।  झापाको शिवसताक्षी नगरपालिकामा भएको सवारी दुर्घटनामा परेर दुई जनाको  मृत्यु भएको छ । दुइवटा ट्रक एकआपसमा ठक्कर भएको थियो । 

पूर्व पश्चिम लोकमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका १ धरमपुरमा शुक्रबार  बिहान भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो । पश्चिमबाट पूर्व जाँदै गरेको ना ६ ख ८८९५ नम्बरको मालवाहक ट्रकलाई सोही दिशातर्फ जाँदै गरेकोे ना ३ ख ८३११ नम्बरकाे ट्रकले  ठक्कर दिइएको जनाइएको छ।

 ठक्कर दिने ट्रकका चालक  इटहरी उपमहानगरपालिका बक्लौरी निवासी वर्ष  ३५ का मदन चौधरीको र पहिचान नखुलेका सह चालकको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटना बाक्लो हुस्सुका कारण भएको हुनसक्ने प्रहरीले जनाएको छ ।