• १४ वैशाख २०८१, शुक्रबार

बाजुरा केन्द्र भएर ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प

blog

गोकर्ण दयाल 

बैतडी, माघ १० गते। बैतडीमा मङ्गलबार दिउँसो भूकम्प गएको छ। मङ्गलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका मुकुन्द भट्टराईले जानकारी दिनुभयो। 

उहाँका अनुसार बाजुरा जिल्लाको मदनामेला केन्द्रबिन्दु भएर भूकम्प गएको हो। भूकम्पको धक्का बैतडी र बाजुरासँगै सुदूरपश्चिम प्रदेशका जिल्लामा महसुस गरिएको छ। क्षतिको विवरण भने आइसकेको छैन।