• १२ असोज २०८१, शनिबार

सुदूरपश्चिम प्रदेश सभाको प्रथम अधिवेशन आह्वान

blog

सुदूरपश्चिम प्रदेश सभा भवन । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, पुस १५ गते। सुदूरपश्चिम प्रदेश सभाको प्रथम अधिवेशन आह्वान भएको छ। प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक पुस १८ गते आह्वान गर्नुभएको हो। 

प्रदेश सभाको पहिलो बैठक दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिनुभयो। उहाँले बैठक बस्नुभन्दा अगाडि १७ गते सर्वदलीय बैठक बसेर बैठकको कार्यसूची तय गर्ने बताउनुभयो।