• १५ वैशाख २०८१, शनिबार

तमू ल्होसारको उपलक्ष्यमा पाँच पत्रकार पुरस्कृत

blog

तमू ल्होसार २०७९ को उपलक्ष्यमा पुरस्कृत पत्रकार । तस्बिर :केशब गुरुङ

काठमाडौं १२ पुस । तमू ल्होसार २०७९ को उपलक्ष्यमा पाँच पत्रकार सम्मानित भएका छन् । तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले मंगलबार विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार सम्मानित भएका हुन् । 

तमू बौद्ध सेवा समिति नेपालमा आयोजित कार्यक्रममा कान्तिपुर टेलिभिजन पोखराका भुपाल गुरुङ तथा एभरेष्ट एफएम पोखराका दीपेन्द्र श्रेष्ठ  पूर्वप्रधानसेनापती छत्रमानसिंह गुरुङ तथा कमला गुरुङ पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । 


'सुश्री भद्राकुमारी घले पत्रकारिता पुरस्कार'बाट कालिका टिभीकी गीता गुरुङ, तमू ल्होसार मूल आयोजक समिति पत्रकारिता पुरस्कारबाट बिएफबिएस रेडियो काठमाडौंका धनजंग गुरुङ सम्मानित हुनु भएको हो । 

यस्तै तमू आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कारबाट मुकुन्दसेन टिभि नवलपुरका शिला गुरुङ , लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट ग्यालेक्सी फोरके टेलिभिजन ताप्लेजुङका देवराज गुरुङ पुरस्कृत  हुनुभएको छ । 

हरेक वर्ष  तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले पत्रकारिता पुरस्कार प्रदान गर्ने गरेको छ ।  कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति आयोगका सदस्य सूर्यबहादुर गुरुङले कार्यक्रमाको उद्घाटन गर्नु भएको थियो । पुरस्कार छनौट समितिको संयोजकमा तमू (गुरुङ) सञ्चारकर्मी संघका पूर्व अध्यक्ष डण्डबहादुर गुरुङ र सदस्यमा बद्रीकाजी गुरुङ र शान्ति गुरुङ हुनुहुन्थ्याे । 




Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।