• १९ असार २०८१, बुधबार

जसपा संसदीय दलको निर्वाचन बुधबार हुने

blog

काठमाडौं, पुस १२ गते। जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको निर्वाचन बुधबार हुने भएको छ। जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार पार्टी विधान अनुसार संसदीय दलको निर्वाचनका लागि बुधबारका लागि चुनावी कार्यतालिका सार्वजनिक भएको हो। 

जसपाले यसअघि नै नेता मिथिलेशकुमार सिंहको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठबन गरिसकेको छ। संसदीय दल निर्वाचन समिति सदस्यमा अर्जुन थापा र दीपेन्द्र झा हुनुहुन्छ। 

जसपा संसदीय दलको नेतामा नेता अशोक राईसँगै केही कार्यकारिणी सदस्यले दाबी गर्दै आउनुभएको छ। बुधबार बिहान ११ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ताको समय दिइएको छ। यसअघि नै नेता अशोक राईको नाममा सहमति हुने सम्भावना रहेको बताइएको छ। 

निर्वाचन तालिका अनुसार बुधबार दिउँसो १२ बजेदेखि १२:३० सम्म उम्मेदवारको नामावली प्रकाशन, १:३० बजेसम्ममा नाम फिर्ता, दिउँसो २ बजेसम्ममा दाबी विरोध र २:३० बजेसम्म नामावली प्रकाशन गर्ने उल्लेख गरिएको छ। 

संसदीय दलको नेताका लागि बुधबार दिउँसो २:३० देखि ३:३० सम्म मतदान हुनेछ।